दमाैली : नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा व्यास–६ साँगे घर हाल व्यास–३ दमौली बस्ने विप्लता ढुङ्गानाले सहयोग गर्नुभएको छ ।
जन्मदिनको अवसरमा ढुङ्गानाले कल्याणकारी कोषका लागि रु दुई हजार पाँच सय सहयोग गर्नुभएको छ । विभिन्न सामाजिक सङ्घ संस्थामा समेत आबद्ध ढुङ्गानाले जन्मदिनमा हुने खर्च कटाएर कल्याणकारी कोषमा सहयोग गरेको बताउनुभयो ।
शाखाले जेठ १ गतेको बैठकबाट कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको थियो ।