पूर्वमन्त्री भण्डारीद्वारा एक लाख सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पूर्वमन्त्री भण्डारीद्वारा एक लाख सहयोग

    खबरपुञ्ज संवाददाता

    ६ जेष्ठ २०७८, शुक्रबार

    दमाैली : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले स्वास्थ्य सामग्री खरिदका लागि रु एक लाख एक हजार एक सय ११ सहयोग गर्नुभएको छ । कोरोना सङ्क्रमण न्यूनीकरण र रोकथामका लागि स्वास्थ्य सामग्री खरिद गर्न पूर्वमन्त्री भण्डारीले उक्त रकम सहयोग गर्नुभएको हो ।

    उक्त रकम नेपाली काङ्ग्रेस तनहुँलाई आज उपलब्ध गराइएको छ । भण्डारीका तर्फबाट नेपाली काङ्ग्रेस व्यास नगर समितिका सहसचिव डम्बर अधिकारीले जिल्ला सचिव विश्व वास्तोला र सह–सचिव केशबहादुर सुनारलाई संयुक्त रुपमा रकम हस्तान्तरण गर्नुभएको छ । उक्त रकमबाट स्वास्थ्य सामग्री खरिद गरी जिल्लाका विभिन्न अस्पताल र आइसोलेशन कक्षमा वितरण गर्न पूर्वमन्त्री भण्डारीले आग्रह गर्नुभएको छ ।

    रकम ग्रहण गर्दै जिल्ला सचिव विश्व बास्तोलाले सहयोगका लागि पूर्वमन्त्री भण्डारीप्रति आभार व्यक्त गर्नुभयो । यसैबीच तनहुँ काङ्ग्रेसले स्वास्थ्य सामग्री हस्तान्तरणका लागि पार्टीका नेता तथा कार्यकर्तासँग सहयोगको अपिल गरेको छ ।