तनहुँ : तनहुँ निर्वाचन क्षेत्र नं २ (२) मा निषेधाज्ञाको बीचमा पनि विकास योजनालाई निरन्तरता दिइएको छ । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङको निर्वाचन क्षेत्रमा कोरोना कहरका बाबजुद पनि स्वास्थ्य मापदण्ड अपनाएर विकास योजना सञ्चालन भएको हो ।
मन्त्री गुरुङको पहलमा यस क्षेत्रमा विभिन्न ठूला योजनाहरु सञ्चालन भइरहेका छन् । यस क्षेत्रमा सञ्चालन भइरहेका योजनाहरुको हालै अनुगमन गरिएको मन्त्री गुरुङका स्वकीय सचिव रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सञ्चालन भइरहेका निर्माण कार्य सन्तोषजक रुपमा अगाडी बढिरहेको छ ।
यस क्षेत्रमा भिमाद ऋषिङ सडक, शालिग्राम करिडोर, मानपुर डेढगाउँ सडक, बरनछाङ्गा – धावादी ÷ बरनछाङ्गा – बराहापानी, भागर भिमाद सडक, किहुँ बडरभञ्ज्याङ्ग बजार क्षेत्र सडक, लुम्बास – ढाकर्दी सडक, भिमकाली सडक, भिम गोफा सडक, कटहरे– डुम्रिवेसी सडक, कामधेनु मा वि छात्राबास भवन, फेदीखोला सडक पुल, लोकतान्त्रिक साँघुकोमुख पुल र काठेकोट अत्रौली सडक योजना सञ्चालनमा छ ।