कोभिड सङ्कट व्यवस्थापन सम्बन्धमा बनेको अध्यादेश कार्यान्वयनमा ल्याइने (के छ अध्यादेशमा ?)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोभिड सङ्कट व्यवस्थापन सम्बन्धमा बनेको अध्यादेश कार्यान्वयनमा ल्याइने (के छ अध्यादेशमा ?)

    खबरपुञ्ज संवाददाता

    ८ जेष्ठ २०७८, आईतवार

    तनहुँ : कोरोना सङ्क्रमण रोकथाम, निदान र उपचार सम्बन्धी कार्यलाई एकीकृत र व्यवस्थित रुपमा सञ्चालन गर्न जारी गरिएको कोभिड १९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ लाई तनहुँमा प्रभावकारी कार्यान्वयन गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ६ गते जारी गर्नुभएको उक्त अध्यादेशलाई तनहुँमा पनि प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय भएको हो ।

    प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा आइतबार बसेको बैठकले उक्त अध्यादेशमा व्यवस्था गरिएअनुसार कोभिडको रोकथाम, निदान र उपचारलाई प्रभावकारी बनाउने निर्णय भएको छ ।

    बैठकले पहिलो मात्रा खोप लगाई दोस्रो मात्रा लिन छुट भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र कर्मचारी, बैङ्क तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी, न्याय सेवा समूहका कर्मचारी र पत्रकारहरुलाई स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी खोप दिने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

    कोभिड-१९-सङ्कट-व्यवस्थापन-अध्यादेश-२०७८