जिपी कोइराला श्वासप्रश्वास केन्द्रलाई उद्योग वाणिज्य सङ्घद्वारा स्वास्थ्य सामग्री
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिपी कोइराला श्वासप्रश्वास केन्द्रलाई उद्योग वाणिज्य सङ्घद्वारा स्वास्थ्य सामग्री

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई तनहुँ उद्योग वाणिज्य सङ्घले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

    कोभिड सङ्क्रमण रोकथाम र न्यूनीकरणमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई सङ्घले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

    सङ्घले स्थापना गरेको कोभिड सङ्कट महाअभियान मार्फत् केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठलाई सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो ।

    अस्पताललाई पिपिई, अक्सिमिटर, फेसशिल्ड, हेडक्याप, ग्लब्स, थर्मोमिटर, स्यानीटाइजर स्प्रे, डस्टविन, बास्केट गमबुट प्रदान गरिएको छ ।

    कोभिड नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग गर्न सङ्घले कोष खडा गरेकामा उक्त कोषमा देश तथा विदेशबाट स्वतःस्फूर्त रुपमा सहयोग आउन थालेको सङ्घका अध्यक्ष श्रेष्ठले बताउनुभयो । आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिइने श्रेष्ठले उल्लेख गर्नुभयो । उपचार केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले स्वास्थ्य सामग्री सहयोग गरेकोप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

    आइतबार सङ्घले दमौली अस्पताल र कालीभञ्जन गण (इ) लाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।