दमौली : कोरोना कहर र निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न परिवारलाई सघाउन लायन्स क्लव अफ तनहुँ व्यास सिटीले ‘फूड बैङ्क’ सञ्चालन गर्ने भएको छ । विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउन क्लवले ‘फूड बैङ्क’ सञ्चालन गर्न लागेको हो ।
‘सकेकाले दिनुहोस्, नसकेकाले लिएर जानुहोस्’ भन्ने नारा सहित क्लवले यो अभियान शुरु गर्न लागेको अध्यक्ष कुमार मल्लले जानकारी दिनुभयो । “निषेधाज्ञाका कारण समस्या परेर चुल्हो नबलेको परिवारलाई खाद्यान्न सहयोग गर्छौ,” मल्लले भन्नुभयो ।
क्लवले यो अभियानमा सहयोग गर्न सबैलाई आग्रह समेत गरेको छ ।