तनहुँ : तनहुँमा बुधबार एक सय ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनलायका अनुसार जिल्लाका एक सय ६६ जनामा कोरोना पुष्टि भएको हो ।
थपिएकामध्ये ६८ महिला र ९८ पुरुष रहेका छन् । जिल्लाबाट पठाइएका स्वाब थुप्रिएर बसेका कारण एकैपटक धेरै सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् ।
गण्डकीमा १०७९ सङ्क्रमित
गण्डकी प्रदेशमा बुधबार एक हजार ७९ जना सङ्क्रमित थपिएका छन् ।४ सय ८० महिला र ५ सय ९९ पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।