राष्ट्रपति विरुद्धका सबै रिट प्रधानन्यायाधीशको इजलासमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपति विरुद्धका सबै रिट प्रधानन्यायाधीशको इजलासमा

    खबरपुञ्ज संवाददाता

    १२ जेष्ठ २०७८, बिहीबार

    काठमाडौ : संसद विघटनपछि राष्ट्रपतिविरुद्ध परेका सबै रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा हुने भएको छ । राष्ट्रपतिविरुद्ध परेका सबै रिटको सुनुवाइका लागि इजलास तोकिएको हो ।

    संसद विघटनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति तथा नयाँ निर्वाचन बदरको लागि अन्तरिम आदेश माग गर्दै परेका १९ वटा रिटमाथिको सुनुवाइ प्रधानन्यायाधीश जबराको इजलासमा हुने भएको हो । 

    सबै रिट प्रधानन्यायाधीश राणाको एकल इजलासमा सुनुवाइ हुन लागेको हो । सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध ३० वटा रिटहरु परेका छन् । जसमा १९ वटाको आज र संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ वटा रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेसी तोकिएको छ ।

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट दर्ता भएका छन् ।