तनहुँ : घरमै बसेर माछामासु खरिद गर्न चाहनुहुन्छ ? यदि त्यसो हो भने तपाईको उक्त चाहना पूरा हुने भएको छ ।
व्यास-१३ पोखरीभञ्ज्याङमा सञ्चालित गाउँफर्क कृषि व्यापार प्रालिले माछामासु डटकमको औपचारिक शुभारम्भ गरेको छ । लामो प्रतिक्षापछि सबै परीक्षण र मापदण्ड पूरा गाउँफर्क कृषि, कृषि व्यापार प्रालि र माछामासुडटकमको उत्पादन औपचारिकरुपमा शुरु गरिएको सञ्चालक इश्वरराज पन्थले जानकारी दिनुभयो ।
आफ्नै फार्ममा उत्पादित खुला चरणमा पालिएका पूर्ण अर्गानिक र स्थानीय रैथाने प्रजातिका मुख्यगरी हाँस, टर्की, कडकनाथ कुखुरा, अण्डा र माछा उत्पादन र बिक्री वितरण गरिनेछ ।
कम्पनीले जिउँदो पंक्षी, न चिस्याइएको ताजा र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको फ्रोजन माछामासु होलबडी वा टुक्राइएको तयारी माछामासु बिक्री गरिन्छ ।
अर्डरपश्चात् विशेष प्रकारको वातानुकूलित भ्यानमार्फत् ग्राहकको घरमै तयारी मासु डेलिभरी गरिने पन्थले जानकारी दिनुभयो ।
अर्डर गर्न चाहनेले ९८५६०३१६१० र ९८०२८४६९०० मा फोन गरेर, माछामासु डटकमको फेसबुक पेज र www.machhamasu.com मार्फत अर्डर टिपाउन सक्नेछन् । घरमै माछामासु पुर्याएपछि ग्राहकले भु्क्तानी दिन सक्नेछन् ।
गाउँफर्क कृषिले खुल्ला चरणमा आधारित पूर्ण अर्गानिक, स्थानीय हाँस, टर्की, कडकनाथ र माछा उत्पादन गरिरहेको छ । तर तत्काल लोकल हाँस र यसका अण्डाको मात्रै बिक्रीवितरण शुभारम्भ गरिएको छ ।