तनहुँ : तनहुँमा बिहीबार १ सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार एकैदिन १ सय ७० जना सङ्क्रमित थपिएका हुन् ।
थपिएकामध्ये ७२ जना महिला र ९८ जना पुरुष छन् । ४५ जना एन्टिजेन परीक्षणबाट पहिचान भएका हुन् ।
एक महिलाको मृत्यु
पछिल्लो २४ घण्टामा तनहुँमा थप एकको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । शुक्लागण्डकी-८ की ५३ वर्षीया महिलाको जनप्रिय अस्पताल पोखरामा मृत्यु भएको हो ।
उहॉमा जेठ ४ गते कोरोना पुष्टि भएको थियो ।