कोरोनाबाट जनता र शासकबाट संविधान जोगाउने दायित्व कांग्रेसमा : पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कोरोनाबाट जनता र शासकबाट संविधान जोगाउने दायित्व कांग्रेसमा : पौडेल

    खबरपुञ्ज संवाददाता

    १२ जेष्ठ २०७८, बिहीबार

    काठमाडौं : नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाबाट जनता, शासकबाट संविधान र कांग्रेस पार्टी बचाउने दायित्व एकैसाथ आएको बताउनुभएको छ ।

    नेपाल प्रेस यूनियनको स्थापना दिवसका अवसरमा बिहीबार आयोजित भर्चुअल कार्यक्रममा बोल्दै पौडेलले कोरोनाबाट नागरिकलाई बचाउनका लागि सरकारले सम्पूर्ण शक्तिको प्रयोग गर्न नसकेका कारण समस्या भएको टिप्पणी गर्नुभयो ।

    महामारीबाट नागरिकलाई जोगाउनका लागि पनि नेपाली कांग्रेसले ठोस कदम चाल्नुपर्ने उहॉले बताउनुभयो । अहिलेका शासकबाट संविधान जोगाउने दायित्व पनि कांग्रेसको काँधमा भएको उहॉको भनाइ छ ।