विपन्नलाई लायन्सको खाद्यान्न वितरण अभियान शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    विपन्नलाई लायन्सको खाद्यान्न वितरण अभियान शुरु

    खबरपुञ्ज संवाददाता

    १३ जेष्ठ २०७८, शुक्रबार

    दमौली : कोरोना कहर र निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न परिवारलाई लायन्स क्लव अफ तनहुँ व्यास सिटीले खाद्यान्न वितरण शुरु गरेको छ । विपन्न परिवारलाई सघाउन क्लवले स्थापना गरेको ‘फूड बैङ्क’ मार्फत् शुक्रबारबाट खाद्यान्न वितरण अभियान शुरु गरिएको हो ।

    शुक्रबार व्यास-२ का चार र व्यास-३ का एक गरी पॉच परिवारलाई एक हप्ताका लागि पुग्ने खाद्यान्न सामग्री उपलब्ध गराइएको क्लवका अध्यक्ष कुमार मल्लले जानकारी दिनुभयो । उहॉका अनुसार खाद्यान्नसँगै स्वास्थ्य सामग्री पनि उपलब्ध गराइएको छ ।

    “हामीलाई जानकारीमा आएपछि घरघरमै पुगेर खाद्यान्न वितरण शुरु गरेका छौ,” उहॉले भन्नुभयो, “आज दिनभर पानी परेपनि सम्बन्धितको घरमा पुगेर खाद्यान्न वितरण गर्यौ ।”

    क्लवको यो अभियानमा दमौलीकै विभिन्न व्यक्तिहरुले सहयोग गरेका छन् । निषेधाज्ञाका कारण चुल्हो नबलेका परिवारको बारेमा जानकारी पाएलगत्तै क्लव सहयोगका लागि तयार रहेको प्रथम उपाध्यक्ष प्रदीप मल्लले जानकारी दिनुभयो । उहॉका अनुसार प्रति परिवार दश केजी चामल, एक केजी दाल, एक केजी क्वाटी, एक पोका तेल, एक पोका भूजा लगायतका सामग्री उपलब्ध गराइएको छ ।