गणतन्त्र दिवस : तनहुँका आठ कैदीबन्दी रिहा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गणतन्त्र दिवस : तनहुँका आठ कैदीबन्दी रिहा

    खबरपुञ्ज संवाददाता

    १४ जेष्ठ २०७८, शनिबार

    तनहुँ : गणतन्त्र दिवसको अवसरमा तनहुँ कारागारबाट दश कैदीबन्दी रिहा भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका कारागारका कैदीबन्दी रिहा गर्ने निर्णय गर्नुभएसँगै तनहुँबाट आठ जना रिहा भएका हुन् ।

    तनहुँबाट रिहा हुनेमा पाँच जना बहुविवाह, एक जना ज्यान मार्ने उद्योग, एक जना सवारी ज्यान र एक जना वन्यजन्तु मुद्दाका रहेको कारागार तनहुँका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिनुभयो । रिहा भएका सबैलाई शनिबार नै आफन्तको जिम्मा लगाइएको छ ।

    पचास प्रतिशत कैद भुक्तान गरिसकेका दश जनालाई रिहा गर्न कारागारले सिफारिस गरेको थियो । बहुविवाह मुद्दाका सुरेन्द्रकुमार श्रेष्ठले तीन महिना ९ दिन, बाबुराम थापाले पाँच महिना १७ दिन, करण परियारले आठ महिना २० दिन, याम गुरुङले २२ दिन र रमेश बहादुर मल्ल ठकुरीले ५ महिना २१ दिन छुट पाएका छन् ।

    ज्यान मार्ने उद्योगका सन्तबहादुर श्रेष्ठले एक वर्ष ९ महिना १४ दिन, सवारी ज्यान मुद्दाका दिनेश मग्रातीले एक वर्ष तीन महिना २५ दिन र वन्यजन्तुका इन्द्रध्वज कार्कीले ७ महिना २१ दिन कैद छुट पाएको कारागारले जनाएको छ ।