तनहुँकी सबिना ‘विश्व बैङ्क समूह युवा सम्मेलन’ मा छनौट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँकी सबिना ‘विश्व बैङ्क समूह युवा सम्मेलन’ मा छनौट

    खबरपुञ्ज संवाददाता

    १५ जेष्ठ २०७८, आईतवार

    तनहुँ : तनहुँकी अनुसन्धानकर्ता सबिना जमरकट्टेल विश्व बैंक समूहको युवा शिखर सम्मेलन २०२१ मा प्रतिनिधित्व गर्न छनौट हुनुभएको छ । जेठ २६ र २७ गते हुने सम्मेलनका लागि जमरकट्टेल छनौट हुनुभएको हो ।

    यो सम्मलेन विश्व बैंक समूहको सबैभन्दा ठूलो स्वयमसेवीहरुको संस्था युथ-टु-युथ नेटवर्क सम्बद्ध कार्यक्रम हो । युथ-टु-युथ नेटवर्कले युवाहरुको सशक्तिकरणमा काम गरिरहेको छ ।

    अन्तर्राष्ट्रिय स्तरमा युवाहरुले सामना गरिरहेको विभिन्न चुनौतिहरुलाई सम्बोधन गर्न युवाहरुलाई सशक्तिकरण गर्ने, युवाहरुलाई प्रभावकारी परियोजनाहरुमा संलग्न गराउने साथै युवा, विश्व वैँक समुह र अन्य सरोकारवालाहरु बीचको अन्तर्कृया प्रोत्साहन गर्न विश्व बैंक समुहले सन् २०१३ देखि सम्मेलनको आयोजना गर्दै आएको छ।

    सहभागिहरुले जलवायु परिवर्तन सम्बन्धि चुनौतिहरुलाई सम्बोधन गर्नको लागि आवश्यक छलफल गर्ने र विश्व बैंक समुहका विज्ञहरुबाट सम्बन्धित विषयहरुमा परामर्श लिने अवसर पनि पाउनेछन् ।

    यस कार्यक्रममा बिश्व बैंक समुहको वरिष्ठ उपाध्यक्ष डा सन्दी ओकोरो, विश्व बैंकका वातावरणीय अर्थशास्त्री डेभिड काकजान, संयुक्त राष्ट्र महासचिवका युवाहरुको लागि दूत जयथ्मा विक्रमनायाके लगायत वक्ताहरुको सहभागिता रहनेछ ।