दमौली : तनहुँको भानु-६ निवासी अस्मिता अधिकारीलाई जेसीआई व्यास नगरले उद्धार गरी पोखरा पुर्याएको छ । गर्भवती उहॉलाई जेसीआई व्यास नगरले सञ्चालन गरेको निशुल्क यातायात सेवामार्फत् उद्धार गरिएको हो ।
दमौली अस्पताल आइपुग्नुभएकी उहॉलाई अस्पतालले पोखरा जान भनेपछि दमौलीस्थित अनसन चौतारामा अलपत्र परेको जानकारी पाएपछि उद्धार गरिएको जेसीआई व्यास नगरका अध्यक्ष लक्ष्मीभक्त खनालले जानकारी दिनुभयो । “निषेधाज्ञाका कारण यातायात नपाएपछि अलपत्र भएको जानकारी पायौ,” खनालले भन्नुभयो, “म आफै पोखरा पुगेर अस्पतालसम्म छाडेर आएको छु ।”
खनालले गर्भवती, सुत्केरी तथा अप्ठ्यारोमा परेका सबैलाई यातायात सेवा दिने बताउनुभयो ।