दमौली : गैह्र आवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाको वरिष्ठ उपाध्यक्षमा तनहुँका कृष्णजीवि पन्थ निर्वाचित हुनुभएको छ। सोमबार सकिएको मतगणना अनुसार व्यास-१२ कमलाबारी निवासी पन्थ ६ हजार ८ सय ५० मत प्राप्त गरी विजयी हुनुभएको हो।
गैरआवासीय नेपाली सङ्घको राष्ट्रिय समन्वय परिषद मध्ये अमेरिका सबै भन्दा धेरै सदस्य भएको परिषद् हो ।अमेरिकामा आजीवन र साधारण सदस्य गरी २० हजार हाराहारी सदस्य छन् ।