तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकीका तीन र व्यासका एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
शुक्लागण्डकी–८ की ३५ वर्षीया महिलाको मेडिप्लस अस्पतालमा मृत्यु भएके छ । उहाँमा वैशाख ७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
शुक्लागण्डकी–८ कै ६५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उहाँमा जेठ १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
शुक्लागण्डकी–९ का ३२ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उहाँमा जेठ ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
व्यास–७ की ४९ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उहाँमा जेठ १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
६१ सङ्क्रमित थपिए
यसैगरी सोमबार जिल्लामा ६१ सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये ४४ महिला र १७ पुरुष छन् । स्वास्थ्य कार्यालयमा गरिएको एन्टिजेन परीक्षणमार्फत् १० जना पहिचान भएका छन् ।