दमौली : कोभिड १९ ले देश नै आक्रान्त बनिरहेको बेला जेसीआई व्यास नगरले सामाजिक उत्तरदायित्व वहन गर्दे आएको छ । कोभिडका कारण गाउँमा रहेको अशक्त, असहाय जनतालाई पर्ने समस्यालाई समाधान गर्नका लागि जेसीआईले घर तथा गाउँबाट अस्पतालसम्म विरामीलाई ल्याउने काम गरेर सामाजिक उत्तरदायित्व वहन गरेक अध्यक्ष लक्ष्मीभक्त खनालले बताउनुभयो ।
“यो लकडाउनमा त्यसमा पनि सार्वजनिक सवारी साधन नचल्ने, एम्वुलेन्स सेवाले समयमा नै उपचार पाउन नसक्दा अकालमा नै ज्यान गुमाउनुपर्ने अवस्थालाई मध्यनजर गर्दे विरामी तथा अशक्तलाई निशुल्क सवारी साधनका माध्यमब सेवा दिएका छौ,” खनालले भन्नुभयो।
गर्भवती महिलालाई जिल्ला अस्पतालसम्म र जिल्ला अस्पतालमा सम्भव नभए पोखरासम्म निशुल्क रुपमा सवारी साधनमार्फत सेवा दिएको खनालको भनाई छ। “आर्थिक विपन्नता भएका व्यक्तिले हाम्रो यस कार्यले धेरै नै राहत पुर्याउने विश्वास लिएका छौ,” अध्यक्ष खनालले भन्नुभयो ।
जिल्ला प्रशासन कार्यालय लगायत सम्बन्धित क्षेत्रसँग नै समन्वय गरेर जेसीआई व्यास नगरले सवारीको व्यवस्थापन गरेको हो । जिल्लाभर जहाँ भएतापनि सकेसम्म सेवा दिदै आईरहेको समेत उहॉले वताउनुभयो । हालसम्म अप्ठ्यारोमा परेका ८ जनाको परिवारलाई सेवा दिइसकेको उहॉले बताउनुभयो । “असहाय र अशक्तको घरवाट बिरामी ल्याई जिल्ला अस्पतालसम्म निशुल्क सवारी साधन उपलव्ध गराएका छौ । मानव सेवा नै जेसीजको कर्म हो । यसलाई हामीले आफनो कर्म ठानेका छौ,” उहॉले भन्नुभयो।
भानु नगरपालिका-५ गोलढुङ्गाका स्थानीय विभामाया सुनारलाई हात खुट्टा नचल्ने र रक्तचाप बढी भएको हुदाँ निशुल्क रुपमा सवारी साधनमार्फत जिल्ला अस्पतालसम्म सेवा दिएका छौ,” खनालले भन्नुभयो ।
जेसीआईसो यो कार्यले आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई धेरै ठूलो राहत मिलेको र विरामीले सहि समयमा नै उपचार पाउने विरामीका बुहार सरिता सुनारले बताउनुभयो ।