व्यास सहकारीद्वारा जेठ मसान्तभित्र सॉवा, व्याज भुक्तानी गर्नेलाई छुट घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    व्यास सहकारीद्वारा जेठ मसान्तभित्र सॉवा, व्याज भुक्तानी गर्नेलाई छुट घोषणा

    खबरपुञ्ज संवाददाता

    १८ जेष्ठ २०७८, बुधबार

    दमौली : व्यास बचत तथा ऋण सहकारी संस्थाले जेठ मसान्तभित्र सॉवा र व्याज भुक्तानी गर्ने ऋणीलाई विशेष सुविधा प्रदान गर्ने भएको छ । कोरोना कहर र निषेधाज्ञालाई मध्यनजर गर्दै सहकारीले ऋणी सदस्यलाई सुविधा प्रदान गर्न लागेको हो ।

    ऋणीले नियमित किस्ता बुझाएको असल ऋणमा व्याजको १० प्रतिशत छुट दिइने सहकारीका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । उहॉका अनुसार ऋणीले एक वर्षभन्दा माथि भाखा नाघेको ऋणमा व्याजमात्रै तिर्दाको हकमा ८ प्रतिशत छुट दिइनेछ।

    “कोरोना कहरका कारण सबैलाई समस्या परेकाले केही भएपनि राहत दिन यस्तो सुविधा प्रदान गर्न लागेका हौ,” अधिकारीले भन्नुभयो ।

    ऋणको एक वर्षभन्दा कम भाखा नाघेको सॉवा र व्याज बुझाउने ऋणीलाई हर्जनामा ६६ प्रतिशत छुट दिइनेछ। त्यस्तै ऋणको एक वर्षभन्दा माथि भाखा नाघेका ऋणीलाई हर्जनाको ७० प्रतिशत छुट दिइनेछ।