दमौली : तनहुँ उद्योग वाणिज्य सङ्घले कोभिडसँग जुध्न खडा गरेको कोषमा अमेरिकाबाट डा. अविन ओझाले सहयोग गर्नुभएको छ। सङ्घले खडा गरेको कोभिड सङ्कट व्यवस्थापन महाअभियानका लागि ओझाले रु दश हजार एक सहयोग गर्नुभएको हो।
व्यास-४ निवासी डा. ओझा अमेरिकाको न्युयोर्कमा बस्दै आउनुभएको छ। डा. ओझाले यसअघि पनि जिल्लामा सहयोग गर्दै आउनुभएको छ ।
सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले कोषमा सहयोग गरेकामा डा. ओझाप्रति आभार व्यक्त गर्नुभयो। कोषमा देश तथा विदेशबाट सहयोग जुट्ने क्रम जारी छ ।