तनहुँ : कोरोना सङ्क्रमण नियन्त्रणका लागि तनहुँमा जारी गरिएको निषेधाज्ञा शनिबार राति १२ बजेबाट सकिदैछ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले गत वैशाख २२ गतेदेखि शुरु गरेको निषेधाज्ञा तीन पटक थप गरी भोलि शनिबारसम्म जारी गरिएको थियो।
पहिलोपटक वैशाख २२ देखि ३१ गतेसम्म, दोस्रोपटक जेठ १ देखि १५ र तेस्रो पटक जेठ १६ देखि २२ सम्म निषेधाज्ञा गरिएको थियो। निषेधाज्ञाका विषयमा छलफल गर्न शुक्रबार जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठक बस्दैछ । बैठकले थप एक साता निषेधाज्ञा निषेधाज्ञा लम्ब्याउने निर्णय गर्ने तयारी गरेको छ ।
कोरोना सङ्क्रमणदरमा उल्लेख्य कमी नआएको र अझै पनि जोखिम रहेको निष्कर्ष सहित निषेधाज्ञा लम्ब्याउने तयारी रहेको प्रशासन स्रोतले जनाएको छ ।