लायन्स ‘फूड बैङ्क’ मार्फत् ६० परिवारलाई खाद्यान्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    लायन्स ‘फूड बैङ्क’ मार्फत् ६० परिवारलाई खाद्यान्न

    खबरपुञ्ज संवाददाता

    २० जेष्ठ २०७८, शुक्रबार

    दमौली: लायन्स क्लब अफ तनहुँ व्यास सिटीले फूड बैङ्क मार्फत् ६० परिवारलाई खाद्यान्न वितरण गरेको छ। एक हप्ताको अवधिका क्लवले व्यासका विभिन्न वडाका ६० विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको हो।

    यो अभियानबाट उक्त परिवारका २४० जना लाभान्वित भएको क्लवका प्रथम उपाध्यक्ष प्रदीप मल्लले जानकारी दिनुभयो । उहॉका अनुसार व्यास-१,२,३,४,५,९,१० र १२ का विपन्न परिवारलाई सहयोग गरिएको छ।

    नयाँ भेरियन्टसहितको कारोना भाइरसको महामारीका कारण नेपालमा चलिरहेको निषेधाज्ञाले घरमा चुलो बल्न कठिनाइ भएको परिवारलाई क्लवले खाद्यान्न सहयोग गरेको हो ।

    निषेधाज्ञाको समयमा कुनै पनि परिवार भोकै बस्न नपरोस् भन्ने उद्देश्यका साथ लायन्सले फुड बैंक स्थापना गरी खाद्यान्न सहयोग गर्दै आएको लायन्स क्लब अफ तनहुँ व्यास सिटीका अध्यक्ष कुमार मल्लले जानकारी दिनुभयो । क्लबले एक हप्ताको खाद्यान्न प्याकेज लिएर अतिविपन्न परिवार, अपाङ्गता, मिर्गौलापीडित भएर थलिएका, छोरा बुहारीले हेरचाह नगरेका वृद्धवृद्धालाई सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

    यस अभियानमा दमौलीमा रहेका खाद्य पसल, लायन्स क्लबका पदाधिकारी, विदेशमा रहेका नेपाली दाजुभाइको साथ र सहयोग रहेको क्लवले जनाएको छ ।