तनहुँका तीन वटा ल्याब बन्द, अनुमति ल्याएपछि व्यास सञ्चालनमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका तीन वटा ल्याब बन्द, अनुमति ल्याएपछि व्यास सञ्चालनमा

    खबरपुञ्ज संवाददाता

    २० जेष्ठ २०७८, शुक्रबार

    तनहुँ : तनहुँको दमौलीमा सञ्चालनमा रहेको तीन वटा ल्याव प्रशासनले बन्द गराएको छ । दर्ता नभएका र उद्देश्य विपरित सञ्चालन भएका तीन वटा ल्याव प्रशासनले बन्द गराएको हो ।

    सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा केही दिन अगाडी गरिएको अनुगमन पश्चात् चार वटा ल्याब तत्काल बन्द गर्न निर्देशन दिइएको थियो । बन्द भएका ल्याबलाई प्रदेशबाट अनुमति लिएर आउन आग्रह गरिएपछि व्यास डायग्नोष्टिक प्रालिले मात्रै अनुमति ल्याएपछि उक्त ल्याबलाई सञ्चालनको अनुमति दिइएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभयो ।

    युआरएलको दमौली र दुलेगौडा तथा गणेशमानचोकमा सञ्चालित दमौली प्याथ ल्याबलाई भने प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट अनुमतिपत्र ल्याएपछि मात्रै सञ्चालन गर्न दिइने बरालले खबरपुञ्ज डटकमलाई जानकारी दिनुभयो । प्रशासनले अनधिकृत रुपमा पिसिआर स्वाब लिने काम समेत बन्द गर्न निर्देशन दिएको छ ।

    “सबैले अनुमति ल्याउने प्रकृयामा रहेको जानकारी गराउनुभएको छ, अनुमतिपत्र ल्याएर प्रशासनलाई बुझाएपछि मात्रै सञ्चालन गर्न दिइनेछ,” बरालले भन्नुभयो ।