तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घले उद्यमी व्यवसायीलाई कोभिड खोपमा प्राथमिकता दिन माग गरेको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै सङ्घले कोभिड खोपका लागि जिल्लाका उद्यमी व्यवसायीलाई प्राथमिकता दिन माग गरेको हो।
कोभिड सङ्क्रमणलाई मध्यनजर गर्दै पहिलो प्राथमिकताका साथ खोप उपलब्ध गराउन माग गरिएको सङ्घका अध्यक्ष पविन्द्नकुमार श्रेष्ठले बताउनुभयो ।
मूल्यसूची, सामानको गुणस्तर, कृत्रिम अभाव र विक्रीयोग्य मितिको अनुगमन तदारुकताका साथ गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरिएको छ । त्यस्तै हाल बजार अनुगमनका क्रममा उद्यमी, व्यवसायीहरुबाट लिइदै आएको जरीवानामा पुनरविचार गरी व्यावहारिक रुपमा गर्नका लागि अनुरोध गरिएको छ ।