तनहुँ : अपाङ्गता भएका व्यक्तिको हितमा कार्य गर्दै आएको राष्ट्रिय एकिकृत विकास सङ्घले (निडा) तनहुँका चार वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
भानु नगरपालिकाको पुरनडिही नगर अस्प्ताल, बन्दीपुर गाउँपालिकाको बन्दीपुर अस्पताल, शुक्लागण्डकी नगरपालिका स्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र भिमाद नगरपालिकाको भिमाद स्वास्थ्य केन्द्रलाई निडाले सहयोग गरेको हो ।
१० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको संस्थाले जनाएको छ । निडा तनहुँकी दिना गोतामेका अनुसार कोभिड अस्थायी अस्पतालको रुपमा रहेको संस्थाहरुलाई प्रत्येकका लागि ६२ थान पिपिई, ५ थान अक्सोमिटर र १ थान अक्सिजन कन्सनट्रेटर सहयोग गरिएको छ ।
स्वास्थ्य सामग्रीको अभावमा विरामी र स्वास्थ्यकर्मीहरुले समस्या झेल्न नपारोस् भन्ने उदेश्यले सहयोग गरेको निडाका अध्यक्ष विजयकुमार कार्कीले जानकारी दिनुभयो ।
निडा हङकङका नागरिक कादुरीको आर्थिक सहयोगमा गैर सरकारी संस्थाको रुपमा परिचालन हुँदै आएका छ । यो सस्थाले तनहुँमा अपाङ्गता भएका व्यक्तिहरुको पुर्नस्थापनासँगै व्यावसायिक सीपमुलक तालिम प्रदान गर्दै आएको छ ।
गोरखाको एक र लमजुङ दुई कोभिड अस्पाललाई पनि स्वास्थ्य सामग्री प्रदान गरेको निडाले जनाएको छ । निडाका अनुसार गोरखाको पालुङटार स्थित आँपपिपल अस्पताल, लमजुङको नमुना सामुदायिक अस्पताल र सुन्दर बजार सहयोग गरिएको छ ।