दमौली : कोरोना सङ्क्रमणबाट शनिबार तनहुँका थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिकाकी एक महिला रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
व्यास-१३ की ५० वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उहॉमा जेठ २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
३० सङ्क्रमित थपिए
यसैगरी शनिबार तनहुँमा ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये १५ महिला र १५ पुरुष छन् । अन्य दिनको तुलनामा यो सङ्ख्या निकै कम हो ।