


तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका थप दुई सहित गण्डकीमा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतका एक, तनहुँका दुई, कास्कीका सात, बागलुङका दुई र स्याङ्जाका दुई जना रहेको स्वास्थ्य निर्देशनलायले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७६२ पुगेको छ ।
तनहुँको शुक्लागण्डकी–१० का ८२ वर्षीय पुरुषको फेवासिटी अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उहाँमा जेठ २१ गते सङ्क्रमण पुष्टि भएको थियो ।
म्याग्दे–४ का ७५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उहाँमा जेठ ७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
तनहुँमा ४४ थपिए
यसैगरी आइतबार तनहुँमा ४४ जना सङ्क्रमित थपिएका छन् । थपिनेमध्ये १९ महिला र २५ पुरुष छन् । एन्टिजेन परीक्षणबाट २५ जना पहिचान भएका छन् ।
