तनहुँ : तनहुँमा मङ्गलबार पॉच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयलका अनुसार एक महिला र चार पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यो हालसम्मकै न्यून सङ्ख्या हो । यस्तै कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । व्यास-१ की ७५ वर्षीया महिलाको गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको हो। उहॉमा जेठ २३ गते कोरोना पुष्टि भएको थियो।