दमौली : बह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र(ओम शान्ति) तनहुँका सचिव राजु खड्काको निधन भएको छ । कोरोना संक्रमणको कारण २० दिन अघि काडमाडौं स्थित ग्रान्डी अस्पतालमा भर्ना हुनुभएका खड्काको उपचारका क्रममा बुधबार निधन भएको हो ।
२२ वर्षको उमेरदेखि नै बह्माकुमार खड्का ओम शान्तिमा लाग्नुभएको थियो । योगका प्रशिक्षक रहनुभएका खड्काको निधनप्रति सामाजिक सञ्जालको माध्यमबाट धेरैले दुःख व्यक्त गरेका छन् । ५० वर्षीय खड्कालाई कोरोना सङ्क्रमण भएपछि निमोनिया भएको थियो ।