तनहुँ समाज युकेद्वारा कोभिड सङ्कट महाअभियानका लागि रु आठ लाख सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ समाज युकेद्वारा कोभिड सङ्कट महाअभियानका लागि रु आठ लाख सहयोग

    खबरपुञ्ज संवाददाता

    २६ जेष्ठ २०७८, बिहीबार

    तनहुँ : तनहुँ समाज युकेले तनहुँ उद्योग वाणिज्य सङ्घले खडा गरेको कोभिड सङ्कट व्यवस्थापन महाअभियानका लागि रु आठ लाख भन्दा बढी सहयोग गरेको छ ।

    तनहुँ घर भई युकेमा रहेका तनहुँवासीको संस्थाले सङ्कट व्यवस्थापन महाअभियानका लागि रु आठ लाख आठ हजार ६४० सहयोग गरेको हो । कोभिड न्यूनीकरणका लागि सङ्घले खडा गरेको कोषमा हालसम्मकै सर्वाधिक रकम जुटेको हो ।

    उक्त रकमको चेक व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेमार्फत् सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठलाई बिहीबार हस्तान्तरण गरिएको छ ।

    सहयोग रकम जुटाउन समाजका अध्यक्ष लेख गुरुङ, उपाध्यक्ष केशर राना, सल्लाहकार देवी आले, दमौली निवासी रन्जन मल्ल लगायतको महत्वपूर्ण भूमिका रहेको छ ।

    जिल्लावासीहरुलाई एकताको सुत्रमा समेटी जिल्लाको विकास,समृद्धि र सुख दुखमा नजिक रहेर महत्त्वपूर्ण सहयोग गरेकामा सङ्घले समाजप्रति आभार व्यक्त गरेको छ ।

    उक्त कोषमा हालसम्म करिब रु १९ लाख सङ्कलन भएको छ । सङ्घले उक्त कोषमार्फत् जिल्लाका विभिन्न पालिका र स्वास्थ्य संस्थालाई रु १० लाख बराबरको स्वास्थ्य सामग्री वितरण गरिसकेको छ ।