नवनियुक्त मुख्यमन्त्रीलाई बधाई दिँदै वरिष्ठ नेता पौडेलको यस्तो सुझाव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नवनियुक्त मुख्यमन्त्रीलाई बधाई दिँदै वरिष्ठ नेता पौडेलको यस्तो सुझाव

    खबरपुञ्ज संवाददाता

    २८ जेष्ठ २०७८, शनिबार

    काठमाडाै : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेललाई नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

    नेपाली काङ्ग्रेस, नेकपा माओवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त पोख्रेललाई बधाई ज्ञापन गर्दै वरिष्ठ नेता पौडेलले कोभिड–१९ उपचार, रोकथाम र नियन्त्रणलाई प्राथमिकता दिएर महामारीबाट मुक्त गराउन सुझाव दिनुभएको छ ।

    कृषि क्रान्ति, उर्जा शक्तिको विकास, उत्पादन एवं औद्योगिकरणसँगै पर्यटनको विस्तार गरी गरिबी र बेरोजगारी अन्त्का लागि पार्टीको नीति, सिद्धान्त र घोषणा बमोजिम अघि बढ्न वरिष्ठ नेता पौडेलले आग्रह गर्नुभयो । किसान र मजदुरका माग पूरा गर्न र उनीहरुको सम्मानित जीवनयापनको बाटोमा अग्रसर हुन सुझाव दिँदै पौडेलले भ्रष्टाचारमुक्त, सुशासन, जनउत्तरदायी र प्रविधिमैत्री प्रदेश बनाउन सफलताको कामना समेत गर्नुभएको छ ।