चुँदी रम्घामा पत्रकारिता सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्न सरकारसँग माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चुँदी रम्घामा पत्रकारिता सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्न सरकारसँग माग

    खबरपुञ्ज संवाददाता

    ३१ जेष्ठ २०७८, मंगलवार

    तनहुँ : नेपाली भाषाका धरोहर भानुभक्त आचार्यको जन्मथलो भानुको चुँदीरम्घामा पत्रकारिता सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन गर्न सरकारसँग माग गरिएको छ ।

    नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले गण्डकी सरकारलाई ज्ञापनपत्र बुझाउँदै चुँदीरम्घामा नेपाली भाषाको पत्रकारिता सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्ने नीति ल्याउन माग गरेको हो ।

    हरेक दुई वर्षमा सम्मेलन गर्ने गरी नीति बनाउन र पहिलो सम्मेलन आगामी वर्ष गर्ने प्रस्ताव गरिएको महासङ्घ गण्डकी प्रदेशकी उपाध्यक्ष सोनी शर्माले जानकारी दिनुभयो ।

    “नेपाली भाषाका धरोहर भानुभक्त आचार्यको जन्मथलो उपेक्षामा छ, यस ठाउँको प्रचारप्रसार गर्दै विकासका लागि सरकारसँग अनुरोध गरेका हौ,” उहॉले भन्नुभयो।

    समितिले आगामी बजेटमा नवलपुर, लमजुङ, तनहुँ, गोरखा, म्याग्दी र स्याङ्जा शाखाको भवन निर्माणका लागि कम्तिमा रु ५०/५० लाख बजेट विनियोजन गर्न आग्रह गरेको छ ।

    दश वर्षसम्म निरन्तर क्रियाशील सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि रु एक लाख ५० हजारसम्मका उपकरण खरिदमा ५० प्रतिशतसम्म अनुदान दिने व्यवस्था मिलाउन, प्रदेशका सञ्चारमाध्यम मर्जरका लागि प्रोत्साहन गर्न अनुदान रकमको व्यवस्था गर्न, प्रदेश समितिले सञ्चालनमा ल्याएको पत्रकार कल्याणकारी कोषमा रु ३० लाख रकम विनियोजन गर्न समेत माग गरिएको छ ।