थपिए २६०७ कोरोना सङ्क्रमित, ३९ जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    थपिए २६०७ कोरोना सङ्क्रमित, ३९ जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २ असार २०७८, बिहीबार

    काठमाडौ: नेपालमा थप २,६०७ जनामा कोरोनाभाइरस सङ्क्रमण र ३९ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

    पीसीआर विधि र एन्टिजन विधिबाट १२,४८४ वटा परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

    पीसीआरबाट १,७६८ र एन्टिजन विधिबाट ८३९ जनामा कोभिड पुष्टि भएको मन्त्रालयले जनाएको छ। बिहीवार अपराह्ण मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कअनुसार अहिले देशभरि ६१,७२५ जनाभन्दा बढी पुष्टि भएका सक्रिय सङ्क्रमित छन्।

    अहिले पुष्टि भएका मृतकको तथ्याङ्कमा विभिन्न मितिमा नेपाली सेनाले अन्तिम संस्कार गरिदिएका व्यक्तिको सङ्ख्या पनि समाविष्ट छ। 

    मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा २,१४१ जना सङ्क्रमणमुक्त भएका छन्। नेपालमा कोभिड भएर निको हुने सङ्क्रमितको प्रतिशत अहिले ८८.६ प्रतिशत छ।  अहिलेसम्म नेपालमा कोभिडका कारण ८,५९७ जनाको मृत्यु भइसकेको छ।