सङ्कटको सामना गर्न सक्ने नेतृत्व काङ्ग्रेसलाई चाहिएको छ : वरिष्ठ नेता पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सङ्कटको सामना गर्न सक्ने नेतृत्व काङ्ग्रेसलाई चाहिएको छ : वरिष्ठ नेता पौडेल

    खबरपुञ्ज संवाददाता

    ४ असार २०७८, शनिबार

    दमाैली : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्कटको सामना गर्न सक्ने नेतृत्व पार्टीलाई चाहिएको बताउनुभएको छ । तनहुँका स्थानीय तह र अस्पताललाई स्वास्थ्य सामग्री वितरण गर्न शनिबार दमौलीमा आयोजित वरिष्ठ नेता पौडेलले राष्ट्र जोगाउन सक्ने नेतृत्व काङ्ग्रेसलाई आवश्यक रहेकामा जोड दिनुभयो ।

    मुलुक नयाँ युगमा प्रवेश गरेको बताउँदै वरिष्ठ नेता पौडेलले पार्टीको सीमा पार गरेर प्रजातन्त्र जोगाउने कुरामा सबै अगाडी बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । “मुलुक दुई धु्रवमा विभाजित भएको छ, लोकतन्त्र पक्षधर एकजुट भएर अगाडी बढ्नुपर्छ,” उहाँले भन्नुभयो ।

    एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग असहमत रहेका सबै पार्टीसँग काङ्ग्रेसले सहकार्य गर्ने पौडेलले बताउनुभयो । “राष्ट्र बचाउने जिम्मेवारी काङ्ग्रेसको काँधमा आएको छ, सहकार्य गर्न आउनेलाई साथमै लिएर लैजान तयार छौ,” उहाँले भन्नुभयो, “हामीसँग कोही मिल्न आउँछन् भने उनीहरुलाई टाढा बनाउन आवश्यक छैन ।” वरिष्ठ नेता पौडेलले राजनीति अप्ठ्यारो परिस्थितिबाट गुज्रिएको बताउनुभयो ।

    स्थानीय तहलाई ३५ लाखको सामग्री हस्तान्तरण

    कोभिड–१९ विरुद्ध लड्न वरिष्ठ नेता रामचन्द्र गृहजिल्लाका स्थानीय तह र अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । तनहुँका दश स्थानीय तह, दुई अस्पताल लमजुङका एक स्थानीय तहलाई वरिष्ठ नेता पौडेलले करिब रु ३५ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गर्नुभएको हो ।

    प्रदान गरिएका सामग्रीमा अक्सिजन कन्सनट्रेटर, मास्क, पिपिई, स्यानीटाइजर, फेसशिल्ड लगायत छन् । कोभिडको महामारीबाट जिल्लावासीलाई बचाउन स्वास्थ्य सामग्री प्रदान गरिएको पौडेलले बताउनुभयो ।

    व्यास नगरपालिकालाई एक थान अक्सिजन कन्सनट्रेटर, एक हजार थान मास्क, ४० थान पिपिई, २४ थान स्यानीटाइजर, शुक्लागण्डकी नगरपालिकालाई एक थान अक्सिजन कन्सनट्रेटर, एक हजार थान मास्क, ३४ थान पिपिई, २४ थान स्यानीटाइजर, भिमाद नगरपालिकालाई एक थान अक्सिजन कन्सनट्रेटर, एक हजार थान मास्क, ३० थान पिपिई, २४ थान स्यानीटाइजर, भानु नगरपालिकालाई एक थान अक्सिजन कन्सनट्रेटर, एक हजार थान मास्क, ५० थान पिपिई, २४ थान स्यानीटाइजर हस्तान्तरण गरिएको छ ।

    म्याग्दे गाउँपालिकालाई एक थान अक्सिजन कन्सनट्रेटर, एक हजार थान मास्क, २० थान पिपिई, २४ थान स्यानीटाइजर, घिरिङ गाउँपालिकालाई एक थान अक्सिजन कन्सनट्रेटर, एक हजार थान मास्क, २२ थान पिपिई, २४ थान स्यानीटाइजर, ऋषिङ गाउँपालिकालाई एक थान अक्सिजन कन्सनट्रेटर, एक हजार थान मास्क, २२ थान पिपिई, २४ थान स्यानीटाइजर, आँबुखैरेनी गाउँपालिकालाई एक थान अक्सिजन कन्सनट्रेटर, एक हजार थान मास्क, २० थान पिपिई, २४ थान स्यानीटाइजर र बन्दिपुर गाउँपालिकालाई एक थान अक्सिजन कन्सनट्रेटर, एक हजार थान मास्क, २२ थान पिपिई, २४ थान स्यानीटाइजर हस्तान्तरण गरिएको छ । त्यस्तै लमजुङको मध्यनेपाल नगरपालिकालाई एक थान अक्सिजन कन्सनट्रेटर, एक हजार थान मास्क, ३० थान पिपिई, २४ थान स्यानीटाइजर हस्तान्तरण गरिएको छ ।

    दमौली अस्पताल, बन्दिपुर अस्पताल, पुरनडिही अस्पताल, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र र नेपाल पत्रकार महासङ्घका लागि पनि मास्क, पिपिई, स्यानीटाइजर, फेसशिल्ड लगायतका सामग्री सहयोग गरिएको छ ।