तनहुँ : व्यवसायीलाई कोभिड-१९ विरुद्धको खोपको प्राथमिकतामा राख्न माग गर्दै शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घ र भिमाद उद्योग वाणिज्य सङ्घले सरकारसँग माग गरेको छ ।
शुक्लागण्डकीका अध्यक्ष हरिकुमार श्रेष्ठ र भिमादका अध्यक्ष हस्तबहादुर खड्काले शुक्रबार तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन् ।
कोरोना कहर र निषेधाज्ञाका बाबजूद पनि व्यवसायी स्वास्थ्य मापदण्ड अपनाउँदै व्यवसायमा संलग्न रहँदापनि व्यवसायी उच्च जोखिममा रहेकाले सबै उद्योगी व्यवसायीलाई यथाशक्य चॉडो खोप उपलब्ध गराउन माग गरिएको महासचिव नारायण श्रेष्ठले जानकारी दिए ।