डोवाटे विकले भने – सबैको माया र सदभावले झन् जिम्मेवार बनायो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डोवाटे विकले भने – सबैको माया र सदभावले झन् जिम्मेवार बनायो

    खबरपुञ्ज संवाददाता

    ८ श्रावण २०७८, शनिबार

    तनहुँ : गण्डकी प्रदेश सभा सदस्य डोवाटे विकले मन्त्रीबाट नाम काटिएपछि आफूप्रति सबैले देखाएको माया र सद्भावले झन् जिम्मेवार बनाएको बताएका छन् । मन्त्री हुने लगभग निश्चित भएका विकको अन्तिम समयमा नाम काटिएको थियो। उनको सट्टा प्रदेश सभा सदस्य विन्दु थापा मन्त्री भएका छन् ।

    “प्रदेश सरकार विस्तार पश्चात म प्रति देखाउनु भएको माया,सम्मान,सद्भावले मलाई झन् उर्जाशिल र जिम्मेवारी बनाएको छ,” विकले फेसबुकमा लेखेका छन्, “यो विषयलाई लिएर चासो र चिन्ता व्यक्त गर्नु हुने सम्पूर्ण पार्टीका नेताहरु, कार्यकर्ताहरु, शुभचिन्तकहरु, नागरिक समाज साथै मिडियाकर्मी साथीहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।”