भानुमा किशाेरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई पक्राउ, तीन फरार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुमा किशाेरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई पक्राउ, तीन फरार

    खबरपुञ्ज संवाददाता

    ९ श्रावण २०७८, आईतवार

    दमाैली : तनहुँको भानु नगरपालिका–३ चाम्बासमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका २४ वर्षीय अशोक गुरुङ र विशाल बाबु भन्ने देवराज सुनार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    उनीहरुलाई शनिबार पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । ती किशोरीलाई पाँच जनाले सामूहिक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको तिमिल्सिनाले बताउनुभयो ।

    तिमिल्सिनाका अनुसार घटनामा संलग्न तीन जना फरार रहेको र उनीहरुको खोजी भइरहेको छ । “पाँच जनाले सामूहिक जबरजस्ती करणी गरेको भन्ने सूचना पाएलगत्तै दुई जनालाई पक्राउ गरेर अनुसन्धान थालेका छौ, घटनामा संलग्न तीन जनाको खोजी भइरहेको छ,” उहाँले भन्नुभयो ।