दमाैली : कोभिड विरुद्धको खोप लगाउन छुट भएकाहरुलाई व्यास नगरपालिकाले सोमबार खोप लगाउने भएको छ । यसअघि खोप लगाउन छुट भएका लक्षित वर्गका व्यक्तिलाई नगरपालिकाको सभाहलमा खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।
५० वर्ष माथिका हालसम्म एक मात्रा पनि खोप नपाएका नागरिक, खोप लगाउन छुट भएका सबै शिक्षकहरु, कर्मचारीहरु, स्वास्थ्यकर्मी र सरसफाईकर्मी, सार्वजनिक यातायातका चालक तथा सहचालक, अत्यावश्यक सेवामा संलग्न खोप लगाउन छुटेका व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नागरिकलाई खोप लगाइने सोतीले बताए ।
खोप लगाउन आउँदा परिचयपत्र खुल्ने कागजात नागरिकता वा मतदाता परिचयपत्र र विदेश जाने नागरिकको हकमा पासपोर्ट र भिसा ल्याउन आग्रह गरिएको छ ।