काठमाडौ : जनता समाजवादी पार्टी (जसपा) को आन्तरिक विवादमा हस्ताक्षर सनाखत गर्ने डिल्लीबजार कारागारबाट निर्वाचन आयोग आएका कार्यकारिणी समिति सदस्य रेशम चौधरी तटस्थ बसेका छन्।
उनलाई सोमबार दिउँसो निर्वाचन आयोग पुर्याइएको हो। यसअघि उनको हस्ताक्षर जेलबाटै सनाखत गर्ने तयारी थियो। आयोगले पनि जेलमै गराउन पत्र पठाएको थियो।
चौधरीलाई आयोग लैजाँदा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंह नै आयोगमा खटिएका थिए।
उपेन्द्र यादवको पक्षमा ३४ जनाको हस्ताक्षर सनाखत भएको छ भने महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन्।
यसैबीच चौधरीले आफू कुनै पक्षमा नलागि आफू जसपाको कार्यकर्ता भएकाले तटस्थ बस्ने निर्णय गरेका छन्।