सिटी जनरल अस्पतालमा निशुल्क बिरामी जॉच, अन्य सेवामा पनि विशेष छुट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    सिटी जनरल अस्पतालमा निशुल्क बिरामी जॉच, अन्य सेवामा पनि विशेष छुट

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०७८, शुक्रबार

    दमौली : व्यास-३ दमौलीमा सञ्चालित सिटी जनरल हस्पिटलले साउन १६ गतेदेखि २६ गतेसम्म निशुल्क बिरामी जॉच गर्ने भएको छ । अस्पतालका वरिष्ठ पेट, छाती, मुटु, मिर्गौला, कलेजो, प्रेसर सुगर तथा थाइराइड रोग विशेषज्ञ डा. किरण सोतीद्वारा साउन २६ गतेसम्म निशुल्क बिरामी जॉच हुने भएको हो ।

    स्थापनाको छोटो समयमै सर्वसाधारणको मन जित्न सफल अस्पतालले अन्य सेवामा समेत आकर्षक छुट दिने घोषणा गरेको छ । बेड चार्ज एसि डिलक्स क्याबिनमा ५० प्रतिशत, प्रयोगशालामा २० प्रतिशत र सम्पूर्ण औषधिमा १० प्रतिशत छुट दिइने अस्पतालका सञ्चालक समेत रहेका डा. सोतीले जानकारी दिए । “सर्वसाधारणलाई सहज र सरल तरिकाले स्वास्थ्य सेवा दिन प्रतिबद्ध छौ,” डा. सोतीले भने ।

    अस्पतालमा विशेषज्ञ डाक्टरद्वारा दैनिक बिरामी परीक्षण, वरिष्ठ जनरल सर्जनद्वारा दैनिक बिरामी परीक्षण तथा अपरेशन सेवा, उच्च गुणस्तरको अत्याधुनिक प्रयोगशाला सेवा प्रदान गरिन्छ ।

    अस्पतालले २४ सै घण्टा इमरजेन्सी सेवा, दक्ष अनुभवी डाक्टरद्वारा बिरामीको दैनिक स्वास्थ्य परीक्षण, डिजिटल एक्सरे, विशेष एक्सरे, मुटुको भिडियो एक्सरे, सघन उपचार कक्ष, हाडजोर्नी तथा प्लाष्टर सेवा, नेबुलाइजर सेवा, पाठेघरको मुखको क्यान्सर सेवा लगायतको सेवा प्रवाह गर्दै आएको छ ।