छाब्दीका बाढीपीडित सदस्यलाई क्षेत्रीय होटल सङ्घको २६ हजार सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    छाब्दीका बाढीपीडित सदस्यलाई क्षेत्रीय होटल सङ्घको २६ हजार सहयोग

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०७८, शुक्रबार

    दमाैली : क्षेत्रीय होटल सङ्घले तनहुँले बाढीपीडित आफ्ना सदस्यलाई आर्थिक सहयोग गरेको छ । व्यास नगरपालिका–१४ स्थित छाब्दीमा गत असार १५ गते आएको बाढीले पूर्ण क्षति पुर्याएको होटल सञ्चालकलाई सङ्घले शुक्रबार २६ हजार सहयोग गरेको अध्यक्ष राम जोशीले जानकारी दिए ।

    स्थानीय सम्झना थापाको सम्झना खाजा घर र सुन्तली दरैको अनिल खाजा घर रातिको समयमा आएको बाढीले भत्काउँदा क्षति पुगेको थियो । आफ्ना सदस्यलाई केही राहत पुगोस् भन्ने हेतुले आर्थिक सहयोग गरिएको जोशीले बताए ।

    व्यवसाय सञ्चालनका क्रममा व्यवसायीलाई अप्ठ्यारो पर्दा सहयोग गर्नु सङ्घको उद्देश्य रहेको वरिष्ठ उपाध्यक्ष विकास खनालले बताए । भैपरी आउने समस्या र विपत्तिमा परेका आफ्ना व्यवसायीलाई विगतमा पनि सङ्घले सहयोग गर्दै आएको खनालले बताए ।

    कोभिड–१९ को समस्या भोगिरहेका व्यवसायीलाई बाढीले थप पीडा दिइरहेको अवस्थामा आफ्ना सदस्यलाई भेटेर सान्त्वना एवं हौसला दिनु र थोरै भए पनि आर्थिक सहयोग गरिएको सङ्घका महासचिव चन्द्रकुमार कायस्थले बताए । सहयोग रकमले आफूलाई राहत मिलेको पीडित सुन्तली दरैले बताइन् ।

    कार्यक्रममा सङ्घका सल्लाहकार झनकनारायण श्रेष्ठ, जिल्ला सदस्य सुनिता पन्त, दमौली बजार इकाईका सभापति लालप्रसाद तिमिल्सिना, सचिव बालकृष्ण आले, सहसचिव शंकर अधिकारी, कोषाध्यक्ष विज्ञान कैनी, सदस्य गणेश खत्री, सुजन अधिकारी लगायतको उपस्थिति थियो ।