मेलम्चीले १३ घर बगायो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मेलम्चीले १३ घर बगायो

    खबरपुञ्ज संवाददाता

    १६ श्रावण २०७८, आईतवार

    काठमाडौं : मेलम्ची खोलामा शनिबार रातिदेखि एक्कासि आएको बाढीले १३ वटा घर बगाएको छ । तीमध्ये सात पक्की र ६ कच्ची घर रहेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।

    उनका अनुसार असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घरहरु गए रातिको बाढीले बगाएको हो । ती घरहरु खाली थिए ।

    खोलामा लेदोसहितको बाढी आएको उनले बताए । “बाढी घट्ने, बढ्ने भइरहेको छ । लेदोसहितको बाढी आएका कारण कतै पहिरो खसेको हो कि भन्ने अनुमान गरेका छौँ । तर, ठ्याक्कै कहाँबाट यस्तो भयो भन्ने पत्ता लगाउन सकिएको छैन,” उनले भने ।

    आफूहरुले सक्दो पहल गरिरहेको भए पनि घटनाबारे यथार्थ पत्ता लगाउन र थप क्षति हुन नदिन माथिल्लोस्तरबाटै पहल हुनुपर्ने उनको भनाइ छ । 

    अहिलेसम्म यो बाढीका कारण कुनै मानवीय क्षति नभएको उनले जानकारी दिए । नदी तटीय क्षेत्रका स्थानीयलाई शनिबार राति नै सुरक्षित स्थानमा जान सूचित गरिएको उनले बताए ।