दमाैली : जिल्ला कोभिड व्यवस्थापन समिति तनहुँको बैठक मंगलबार दिउँसो बस्दैछ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा साउन २० गते सकिने भएकाले त्यसैको विषयमा निर्णय गर्न दिउँसो बैठक बस्न लागेको हो ।
कोभिड सङ्कट व्यवस्थापन समितिले निषेधाज्ञा खुकुलो बनाएसँगै सर्वसाधारणको लापरवाहीले जिल्लामा कोरोना सङ्क्रमण बढिरहेको छ । बैठकमा कोरोना सङ्क्रमणको अवस्थाका बारेमा छलफल गर्दै निषेधाज्ञा थप्ने निर्णय हुने प्रशासन स्रोतले जनाएको छ ।