दमाैली : तनहुँमा मङ्गलबार परीक्षणको ५४ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार एक सय ११ को परीक्षण गरिएकामा ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमितमध्ये ३७ महिला र २४ पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस्तै मङ्गलबार तनहुँमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने शुन्य छ । पछिल्लो केही समय यता तनहुँमा कोरोना सङ्क्रमण वृद्धि हुँदै गइरहेको छ ।