तनहुँबाट लामो दूरीका यातायात सञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँबाट लामो दूरीका यातायात सञ्चालन

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०७८, बुधबार

    तनहुँ : तनहुँ जिल्लाबाट लामो दूरीका सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जिल्लाबाट लामो दूरीका लागि सञ्चालन हुने सवारी साधनको हकमा सम्बन्धित यातायात कम्पनीको सिफारिसका आधारमा सञ्चालन गर्ने अनुमति दिएको हो ।

    त्यसका लागि निश्चित संख्याका सवारी साधनहरुलाई सहजीकरण गरिने प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए । “त्यस्ता सवारी साधनहरुले सिट क्षमता भित्र रहि अनिवार्य रुपमा सबै यात्रीले मास्क लगाउने,चालक, सहचालकले मास्क, फेसशिल्ड, पञ्जा लगाउने,
    गाडीको ढोकामा स्यानीटाइजर राख्न अनिवार्य गरिएको छ,” उनले भने ।

    जिल्लाभित्र भने बिहान ६ देखि सॉझ ६ बजेसम्म सार्वजनिक यातायात सञ्चालन गर्न दिइएको छ । साउन २० गते राति १२ बजेसम्म कायम रहेको निषेधाज्ञा साउन ३२ गतेसम्म लम्ब्याइएको छ ।