दमाैली : रोटर्याक्ट क्लव वेदव्यासले शनिबार व्यास नगरपालिका–१० डिहीगाउँस्थित अनन्त गुफा आसपास सरसफाई गर्नुका साथै रेलिङ रङरोगन गरेको छ । अनन्त गुफाको प्रचारप्रसार गर्दै पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य सहित वेदव्यासले अनन्त युवा क्लवको सहकार्यमा गुफा क्षेत्रमा सरसफाई र रेलिङमा रङरोगन गरेको हो ।
धार्मिक पर्यटकीय गन्तव्यको रुपमा परिचित यस ठाउँलाई सुन्दर बनाउन सरसफाई र रेलिङमा रङरोगन गरिएको क्लवकी अध्यक्ष मुना गुरुङले जानकारी दिइन् ।