तनहुँका दुई स्वास्थ्य संस्थालाई अक्सिजन कन्सनट्रेटर प्रदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका दुई स्वास्थ्य संस्थालाई अक्सिजन कन्सनट्रेटर प्रदान

    खबरपुञ्ज संवाददाता

    २२ श्रावण २०७८, शनिबार

    तनहुँ : हङकङ नेपाली महासंघ र सोअर्स एक्सन हङकङको संयुक्त प्रयासमा तनहुँका दुई स्वास्थ्य संस्थामा अक्सिजन कन्सनट्रेटर प्रदान गरिएको छ । दमौली अस्पाल र प्राथमिक स्वास्थ्य केन्द्र भिमादलाई १०÷१० लिटरको एक÷एक थान कन्सनट्रेटर प्रदान गरिएको हो ।

    तनहुँ समाज हङककङको पहलमा उक्त संस्थालाई कन्सनट्रेटर प्रदान गरिएको समाजका सचिव सुबित गुरुङले जानकारी दिए । उक्त कन्सनट्रेटर दमौली अस्पतालमा शनिबार आयोजित कार्यक्रममा महासंघका प्रतिनिधि आकाश उप्रेतीले दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुनिल पौडल र प्राथमिक स्वास्थ्य केन्द्र भिमादका लागि स्वास्थ्य कार्यालय तनहुँका लेखापाल कृष्ण न्यौपानेलाई प्रदान गरेका थिए ।

    हरेक जिल्लाका दुई स्वास्थ्य केन्द्रमा अक्सिजन कन्सनट्रेटर प्रदान गर्ने योजनाका साथ देशका ७७ जिल्लामा पुगिने योजना रहेको कार्यक्रम संयोजक एवं हङकङ नेपाली महासंघका पूर्व अध्यक्ष रिता गुरुङले जानकारी दिइन । हङकङ नेपाली महासंघका अध्यक्ष टेक रानाले कोभिडको समयमा स्वास्थ्य क्षेत्रलाई सानो भए पनि सहयोग गर्ने अभियान स्वरुप कन्सनट्रेटर प्रदान गरिएको बताए । उक्त कार्यक्रम तनहुँ समाज हङकङका कार्यक्रम संयोजक प्रदीप काफ्लेले सञ्चालन गरेका थिए ।