


पोखरा : गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेशका विभिन्न जिल्लाका ८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

स्वास्थ्य निर्देशनालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार मृत्यु हुनेमा कास्कीका ७ र गोरखाका एक जना रहेका छन् ।
यस्तै गण्डकी प्रदेशमा आइतबार ५ सय १० सङ्क्रमित थपिएका छन् ।