काठमाडौं : काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिएको छ । आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले केही कडाई गर्दै फेरि निषेधाज्ञा अवधि थप गरिएको हो ।
कोरोना जोखिम बढेको भन्दै बिहीबारदेखि साउन ८ गतेसम्म लागू हुने गरी निषेधाज्ञा थप गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
यस्तै, मंगलबारको बैठकले उपत्यकाभित्र सार्वजनिक सवारी साधन सञ्चालनमा केही कडाई गरेको छ । बिहीबारदेखि राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी सञ्चालनमा रोक लगाइएको हो ।
सवारी साधनको चापका कारण कोरोना संक्रमण बढेको भन्दै प्रशासनले ८ बजेपछि सार्वजनिक तथा निजी सवारी सञ्चालनमा निषेध गरिएको पराजुलीले बताए ।
अत्यावश्यक साधन भने जुनसुकै बेला पनि चल्न पाउनेछन् । सवारीमा तोकिएको सिट भन्दा धेरै यात्रु नबोक्न पनि चेतावनी दिइएको छ ।
अन्य मापदण्डहरू भने पुरानै कायम गरिएकाे छ । यस्तै परीक्षा सञ्चालनका लागि पनि ताेकिएकाे मापदण्ड अनिवार्य लगाू गर्न प्रशासनले अनुराेध गरेकाे छ ।