दमौली : भानु नगरपालिका-४ घर भई हाल क्यानडामा रहेकी मनिषा रानाभाट पौडेलको जन्मदिनमा व्यास-५ स्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रम र व्यास-१० स्थित उज्यालो घरमा आर्थिक तथा शैक्षिक सामग्री सहयोग गरिएको छ ।
चन्द्रबहादुर रानाभाट र विमला रानाभाटकी साहिली छोरी मनिषाको जन्मदिनको अवसरमा वेदव्यास आश्रमलाई रु २ हजार ५ सय ५० सहयोग गरिएको हो । त्यस्तै उज्यालो घरका बालबालिकाका लागि शैक्षिक सामग्री र बिहानको खाजा खाना सहितका सामग्री प्रदान गरिएको छ।
जन्मदिनको अवसरमा फजुल खर्च नगरी आश्रमका ज्येष्ठ नागरिक र उज्यालो घरका बालबालिकालाई राहत होस् भन्ने हेतुले सहयोग गरिएको विमला रानाभाटले बताइन् ।
सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।